सुर्खेत जिल्लाको संक्षिप्त परिचय

मध्यपश्चिमान्चल विकास क्षेत्रको  सदरमुकामको रुपमा रहेको  सुर्खेत जिल्ला  नेपालका ७५ जिल्ला मध्यको एक भित्रिमधेशको जिल्ला हो । यो जिल्ला समुद्री सतहबाट १९८ मिटरदेखि २,३६७ मिटरसम्मको उचाईमा रहेको छ । नेपाल र मध्यपश्चिमान्चल विकास क्षेत्रको क्रमश: १.७ र ५.८ प्रतिशत भू-भाग ओगटेको सुर्खेतमा पहाड र तराईको मिश्रित खालको धरातिलय बनोट र हावापानी देख्न सकिन्छ । यो जिल्लाको पुर्व-पश्चिम अधिकतम लम्बाई ११५ कि.मि. र उत्तर-दक्षिण अधिकतम चौडाई ३७ कि.मि. रहेको छ । सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्गनर हो । वीरेन्द्गनर नगरपालिकाको सदरमुकामको रुपमा स्थापना वि.स.२०३३ साल मा भएको थियो  ।  नेपालको  राजधानी देखि लगभग ६०० कि.मी.  उत्तर पश्चिममा र समुी सतह देखि लगभग ६६५  मी. उचाईमा अवस्थित यो न.पा.को उत्तरमा महाभारत पर्बतको रानीमत्ता, रातानाङ्ला र दक्षिणमा चुरे पहाडको हर्रे, देउरालीका सुदर पहाडले घेरिएको कचौरा आकारमा दक्षिण तर्फ ढल्किएको सानो, न धेरै जाडो हुने न धेरै गर्मि हुने सुन्दर उपत्यका हो  । हाल १६ वटा वडामा विभाजित वीरेन्द्गनर नगरपालिका  नेपालका ३६ वटा पुराना न.पा.मध्ये एक हो । बाह्र बण्डाल अठार खण्डालको नामले परिचित यो सुर्खेत जिल्ला वि.स. २०१६ साल अघि  दैलेख जिल्ला अन्तरगत रहेको थियो ।  नेपाल राज्यलाई १४ अचल ७५ जिल्लाको प्रशासिनक विभाजन पश्चात १७ वटा तत्कालीन गाँउ पंचायत र यसको जम्मा क्षेत्रफल ९५४ बर्गमिल रहने गरि घोषणा गरिएको यस जिल्लाको समय-समयमा सिमाना थपघट हुदै हाल यसको जम्मा क्षेत्रफल २,४५१ वर्ग कि. मी. रहेको छ भने ४ वटा गाँउपालिका   र ५ वटा नगरपालिकाहरु  रहेका छन् । यस जिल्लाको पूर्वमा भेरी र पश्चिममा कर्णाली नदी पर्दछन्  । यो जिल्लाको उत्तरपूर्वमा महाभारत श्रृङ्खला र दक्षिण पश्चिममा चुरे पर्बत पर्दछन्  भने कही बेसी कही पहाडी क्षेत्र रहेको यसको पूर्ब मालारानी गा.वि.स. देखी पश्चिम लगामसम्म लम्बिएको यसको भु-वनोट झट्ट हेर्दा लगभग इट्टा आकारको छ । यस जिल्लाको पुरानो नाम दोभानचौर हो ।  
भौगोलिक दृष्टिकोणले सुर्खेत जिल्लालाई  ३ भागमा  विभाजन गर्न सकिन्छ । जसमा जिल्लाको उत्तरी भागमा महाभारत श्रृङ्खला रहेको छ ।  महाभारत श्रृङ्खला भित्र सुर्खेत जिल्लाको १,००० देखि २,३६७ मिटर उचाई सम्मको करिब  ४३ प्रतिशत भु-भाग रहेको छ ।   यस जिल्लाको साविककाे लेखगाँउ, जर्वुटा, नेटा, अवलचिङ्ग, पाम्का, मटेला, रजेना, गर्पन, राकम, काप्रिचौर, छाप्रे, लेखफर्सा, गुमी, रानीवास गाँउ विकास सिमित पर्दछन्  ।  दोश्रो भौगोलिक क्षेत्र अन्तर्गत मध्य मैदानी उपत्यका तथा पहाडी क्षेत्र रहेको छ । यस क्षेत्रले जिल्लाको लगभग ४२ प्रतिशत भू-भाग ओगटेको छ । यो भू -भाग जिल्लाको मध्य भागमा समुद्र सतहबाट लगभग २५०देखि १,००० मिटरसम्मको उचाइमा पर्दछ ।  साविकका दशरथपुर, लेखफर्सा, गुमी, रामघाट, मेहेलकुना, मैनतडा, घुमखहरे, साहारे, वीरेन्द्गनर, लाटीकोईली, छिन्चु, उत्तरगंगा, कुनाथरी, घाटगाँउ, बाबियाचौर, सालकोट, गुटु, विध्यापुर, कयाण गा.वि.स.हरु आदिका धेरैजसो भूभाग यस क्षेत्रमा पर्दछन्  । तेश्रो भौगोलिक क्षेत्र अन्तरगत चुरीया श्रृङ्खला पर्दछ । सुर्खेत जिल्लाको दक्षिण भागमा अवस्थित १००० देखि १५०० मिटर सम्मको उचाईमा रहेको यस क्षेत्रले जिल्लाको लगभग १३ प्रतिशत भू-भाग ओगटेको छ । यस भू-क्षेत्र भित्र साविकका लेखपराजुल, तातापानी, हरिहरपुर तथा छिचु गा.वि.स.हरु र  वीरेन्द्रगर नगरपालिको केही क्षेत्र पर्दछन्  ।

भौगोलिक अवस्थिति, क्षेत्रफल तथा सिमाना

अांश :   २८० २०।     उरदेिख   २८० ५८।  उरसम देशार  :  ८०० ५९।     पुवदेखी ८२० ०२।  पुवसम ेफल  :   २,४५१ वग िक.िम. (२,४५,१०० हेटर)  शहरी ेफल    :   ४४३.३ वग िक.िम. (१८.९ ितशत) ािमण ेफल  :   २,००७.७  वग िक.िम. (८१.९१ ितशत) सिमाना  :   पुर्वः- सल्यान         पश्चिमः-  डोटी, अछाम      उत्तरः-  अछाम, दैलेख, जाजरकोट           दक्षिणः-  कैलाली, बर्दिया

शासिनक तथा राजनीतिक विभाजन

थानीय तह पुनसंरचना भदा अगािड

  विकास क्षेत्र    :   मध्यपश्चिमान्चल विकास क्षेत्र                अचल   :   भेरी अचल   जिल्ला सदरमुकाम     :   वीरेनगर नगरपालिका

गा.वि.स. संख्या  :   ४० वटा नगरपालिका संख्या  :   ३ वटा           इलाका संख्या :   ११ वटा     निर्वाचन क्षेत्र संख्या  :   ३ वटा

स्थानीय तह पुनर्संरचना पश्चात

वि.स. २०७३ फागुण ९  गतेको नेपाल सरकारको निर्णय अनुसार सुर्खेत जिल्लाको पुनसंरचना यस प्रकारको रहेको छ ।
  जिल्ला :   सुर्खेत                 प्रदेश नं.   :   ६              नगरपालिका  संख्या  :   ५ वटा          गाँउपालिका संख्या :   ४  वटा 

कुल वडा संख्या:   ९९ वटा      नगरपालिका अतगत वडा संख्यख  :  ६४  वटा       गाँउपालिका अतगत वडा संख्या  :   ३५ वटा

 


Skip to toolbar